रक्सी र रोटी दिएर प्रम प्रचण्डलाई गुरुङ समुदायको बधाइ

काठमाडाैं | पुस ११, २०७९

रक्सी र रोटी दिएर प्रम प्रचण्डलाई गुरुङ समुदायको बधाइ तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा गुरुङ समुदायले बधाइ दिएका छन् ।

 

सोमबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा पुगेर गुरुङ समुदायका प्रतिनिधिहरूले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिनुभएको हो ।

 

साथै प्रधानमन्त्री प्रचण्डलाई यही पुस १५ गते गुरुङ समुदायले मनाउन लागेको तमू ल्होसारको निमन्त्रणा पनि प्रतिनिधिहरूले दिएका छन् ।

 

उक्त अवसरमा प्रचण्डलाई समुदायकोतर्फबाट रक्सी र रोटी सगुन दिइएको छ । 

 

उनीहरूले गुरुङ संस्कार अनुसार प्रधानमन्त्री प्रचण्डलाई बधाइ तथा तमू ल्होसारको निमन्त्रणा दिएका हुन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्